एलओडी क्लबका दुई सञ्चालकलाई खोज्दै प्रहरी
काठमाडाैं | असार २१, २०८०
काठमाडौं: लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका दुई सञ्चालकविरूद्ध प्रहरीले पक्राउ पुर्जी लिएर खोजी सुरु गरेको छ ।
१६ वर्षीया नाबालिगको ललितपुरमा बलात्कार भएको घटनामा प्रहरीले लर्ड अफ ड्रिंक्स (एलओडी) क्लबका दुई सञ्चालकविरूद्ध पक्राउ पुर्जी अनुमति लिएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट दुई जना कम्पनीका सञ्चालकविरूद्ध पक्राउ पुर्जी लिएर खोजी कार्य सुरु गरेको हो । सञ्चालकहरू रुदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालविरूद्ध पुर्जी जारी भएको हो। कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी उनीहरूको नाममा छ।
गत जेठ ३१ गते बुधबार राति ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिगको बलात्कार भएको थियो। त्यसको भोलिपल्टै नाबालिगले प्रहरीलाई जानकारी दिएपछि आरोपी पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेका थिए।
यसरी नाबालिगलाई क्लबमा प्रवेश दिँदा बलात्कार भएको भन्दै परिसरले सञ्चालकहरूविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो।
प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेको जनाएको छ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन...
जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा ध्वनी प्रदुषणमार्फत आतंक मच्चाउने १० वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । कास्की प्रहरीले संचालन गर्दै आएको ‘अप्रेसन–३६५’ अन्तर्गत १० वटा मो...
पोखरा: कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ । स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको...

